आजदेखि प्रदेश नं. ५ मा तीनदिने आमहडताल

१ पुष २०७३, शुक्रबार ०३:३८
 

सदरलाइनडटकम     
१ पुस, नेपालगन्ज : सरकारले संविधान संशोधनको नाममा दर्ता गराएको प्रस्तावको बिरुद्धमा पुस १ गत आजेदेखि प्रदेश नम्वर ५ मा तीनदिने आमहडताल आहवानले बाँकेमा पनि प्रभावित बनाएको छ । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधन प्रभावित भएका छन् ।
प्रदेश नं. ५ अन्तरगतका बाँके, बर्दिया, दाङ्ग, प्युठान, रुकुम, रोल्पा, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासी बन्द आव्हान गरिएको एमाले बाँकेका उप–सचिव प्रमोद धितालले जानकारी दिए ।
संविधान संशोधन विरुद्ध आन्दोलन गरिरहेको एमालेलगायतका दलहरु सम्मिलित संयुक्त संघर्ष समितिले प्रदेश नम्वर ५ मा बन्द आहवान गरेको हो ।
सरकारले संविधान सशोधन मार्फत ५ नम्वर प्रदेश टुक्रयाउन लागिएको विरोध स्वरुप बन्द आहवान गरिएको हो । बुटवल लगायतका क्षेत्रमा बन्द आहवान गर्दै आएको संयुक्त संघर्ष समितिले पहिलो पटक प्रदेश बन्द आव्हान गरेको हो । तीन दिने बन्दका क्रममा बजार, यातायात, कलकारखाना, शिक्षण संस्थालगायत बन्द रहने र बन्दका क्रममा एम्वुलेन्स, अधिकारवादी संस्था, पे्रसका गाडी भने खुला रहने छ । नेपालगन्जको चोक–चोकमा बन्द आव्हानकर्ताको उपस्थिति रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजामती कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशन नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण

१ पुष २०७३, शुक्रबार ०३:३८
    सदरलाइनडटकम ,  १ पुस, नेपालगन्ज : नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनमा विजयी भएका अध्यक्ष केदारप्रसाद देवकोटा लगायतका पदाधिकारीहरुलाई शुक्रबार नै पदभार तथा सपथ ग्रहण गराईएको छ । संगठनको अधिवेशन स्थलमा नै एक कार्यक्रमको आयोजना गरेर निर्वाचन समिति तथा अध्यक्ष मण्डलले अध्यक्ष देवकोटा लगायत सबै निर्वाचित पदाधिकारीलाई […]

ताजा अपडेट