बैशाखमा टि–२० नेपालगन्ज क्रिकेटकप आयोजना गरिदैै

७ चैत्र २०७४, बुधबार १९:३६
 

सदरलाइनडटकम  
७ चैत, नेपालगन्ज : स्थानीय ग्रीन इभेन्टो प्रालिले पहिलो पटक अक्सनमार्फत क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । लिगकम नकआउट आधामा खेलाईने सो प्रतियोगिता बैशाख ३ देखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । आयोजकले दिएको जानकारी अनुसार सो प्रतियोगितमा ६ टिमको सहभागिता रहने छ ।
यसअघिका प्रतियोगिताहरुमा खेलाडी किनबेच हुँदै आएकोमा यो प्रतियोगितामा भने टिम स्पोन्सरले टिमलाई खरिद गर्नेछन् । खेलको विकासका लागि खेलाडिका साथै टिम पनि बलियो हुने उद्देश्यका साथ टिम खरिदबिक्री गरी प्रतियोगिता सञ्चालन हुने आयोजकले बताएको छ । टिम खरिद बढाबढ मुल्यका आधारमा तय गरिने छ ।
‘स्वास्थ्य युवाका लागि, युवा राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिता टी–२० फम्र्याटमा हुने ग्रीन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीले जानकारी दिए ।
उनले अन्र्तराष्ट्रियस्तरको प्रतियोगितामा स्थानीय खेलाडिको सहभागिताका लागि तयार बनाउन पनि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह दाबी गर्दै भने–‘यस प्रदेश तथा अन्य ठाउँमा रहेका खेलाडी मध्येबाट छनोट समितिले प्रारम्भमा ९० खेलाडी छनोट गर्नेछ । यसरी छनौट भएका हरु मध्यबाट ६ वटा टिम तयार गरिनेछ र खरिदका लागि व्यवस्था मिलाइनेछ, हरेक टिमको सुरुवाती मुल्य ५० हजार तोकिएको छ ।’
प्रतियोगितामा सहभागी हुने प्रत्येक टिममा अनुभवी खेलाडीलाई मेन्टरको रुपमा उपलब्ध गराइने रफिले बताए । उनले भने, ‘टिम मालिकलाई आर्थिक लगानी बाहेक थप झन्झट हुनेछैन, खेलाडीलाई आवास, भोजन, जर्सी लगायत सम्पुर्ण व्यवस्थापन आयोजकले नै गर्नेछ ।’
प्रतियोगितामा जिल्ला, क्षेत्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका खेलाडीहरुलाई बढीभन्दा बढी सहभागि गराउन जोड गरिएको छ । प्रदेश नम्बर पाँचका ६० प्रतिशत र अन्य ठाउँबाट ४० प्रतिशत अनुपातमा खेलाडी सहभागि गराउने व्यवस्थापन मिलाइएको नेपालगन्ज क्रिकेट कपका इभेन्ट डाइरेक्टर सौगातविक्रम शाहले जाननकारी दिए । शाहले भने, ‘अक्सनमा टिम खरिद गर्न झण्डै डेढ दर्जन उद्योगी व्यवसायी इच्छुक रहेका छन्, व्यवसायीहरुको उत्साहले यो प्रतियोगिता निरन्तर हुनेमा समेत विश्वस्त छौं ।’
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीले परिकल्पना र अवधारणा यस ठाउँका लागि नौलो भएकाले खेलाडीलाई उत्साह जगाउने धारणा व्यक्त गरे ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी गरिरहेका मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले मिसन आठौं राष्ट्रिय खेलकुदलाई टेवा पुग्ने गरी आयोजना गरिने हरेक प्रतियोगितालाई सघाउन आफुहरु तयार रहेको बताए ।
‘यहाँ प्रतियोगिता तय हुन्छन्, तर पछि मैदानको कारण देखाउँदै अरुलाई दोष थोपारेर स्थगित गरिन्छन्’ उनले भने । आठौं राष्टिय खेलकुदका लागि क्रिकेट मैदानको पर्खाल निर्माणदेखि अन्य भौतिक पुर्वाधार निर्माणका कामहरु भइरहेको अवस्थामा त्यसैलाई बहाना बनाई प्रतियोगिता सार्ने वा अरुलाई आक्षेप लगाउने कार्य गर्न नहुनेतर्फ उनले आयोजकलाई सजग गराए ।
प्रतियोगिताको कुल लागत २८ लाख ८५ हजार ७ सय ५० रुपैयाँ रहेको छ । विजेता टिमलाई एक लाख १० हजार, उपविजेतालाई ६० हजार नगद पुरस्कारले पुरस्कृत गरिनेछ । अन्य विधागत पुरस्कार समेत नगद व्यवस्था गरिएको जनाउँदै कुल नगद पुरस्कार दुई लाख विनियोजन गरिएको आयोजकले जनाएको छ ।
बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग रहने यस प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरिरहेको छ । क्रियटिभ ह्याण्ड्स रणनीतिक पार्टनरका रुपमा रहेको छ ।

Next Post

मेयरलाई वडा अध्यक्षले हराए

७ चैत्र २०७४, बुधबार १९:३६
सदरलाइनडटकम ७ चैत, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिकाद्वारा आयोजित जनप्रतिनिधी र कर्मचारीबीचको ब्याडमिण्टन प्रतियोगितामा वडा अध्यक्षले मेयरलाई हराउदै उपाधि हातपारेका छन । जनप्रतिनीधी र कर्मचारीबीचको मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगितामा बुधबार नगर प्रमुख डा. धवल शम्शेर राणालाई हराउँदै वडा नं. १ का अध्यक्ष प्रमोद रिजाले हराउदै प्रथम भएका हुन् । गत ४ दिनदेखि […]
error: Content is protected !!