एमसीसी मुलुकको हितमा रहेको छ : मन्त्री कार्की

सदरलाइन संवाददाता २९ फाल्गुन २०७८, आईतवार १३:११
 

नेपालगञ्ज : सरकारका प्रबक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी मुलुकको हितमा रहेकाले सार्वभौम संसदले पारित गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले आइतवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासमा एमसीसीले योगदान पुर्याउने बताए । विद्युत र सडक पूर्वाधार विकासमा एमसीसी कोशेढुंगा सावित हुने उनको भनाई छ ।

सत्ता साझेदार दलहरुबीच चुनाव तालमेल हुन्छ कि हुँदैन भन्ने पत्रकारहरुको जिज्ञासामा मन्त्री कार्कीले आवश्यकता र औचित्यका आधारमा सत्ता साझेदार दलहरुका बीचमा चुनावी तालमेल हुन सक्ने बताए ।


अहिलेको राजनीतिक अवस्थालाई गहिरोसंग विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने निर्णय लिइने उनको भनाई । विशेष परिस्थितिमा बनेको गठबन्धन भएकाले आवश्यकता अनुसार सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुन सक्ने मन्त्री कार्कीले स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री कार्कीले पार्टीले स्थानीय तहमा जीत हासिल गर्न सके मात्रै प्रदेश र संघमा जित्ने आधार बन्ने बताउँदै स्थानीय निर्वाचन जित्नैपर्छ भन्ने अठोटका साथ लाग्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् । आइतवारदेखि शुरु हुने एक महिने चुनावी अभियानलाई सफल बनाउन कार्कीले सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिकाद्वारा करारमा कर्मचारी माग

२९ फाल्गुन २०७८, आईतवार १३:११
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले सेवा करारमा कर्मचारी माग गरेको छ । पालकिाले एक विज्ञप्ती जारी गर्दै पाँचौ तह सर्भेक्षक इन्जिनियरिङ्ग पदका लागि सेवा करारमा कर्मचारी दरखास्त आहवन गरेको हो । पालिका र राष्ट्रिय भुमि आयोग विच भएको कार्य सहमति अनुसार विगतमा संकलन भएका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित […]