सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले न्यूरोड क्षेत्रको बीचभागमा रहेका विरुवा काट्न लागेको नभई थप सौन्दर्यकरण गर्न लाएिको जनाएको छ । संरक्षित विरुवा काटन लागिएको आशयका समाचार सार्वजनिक भएपछि उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बिहीवार विज्ञप्ती जारी गरि न्यूरोडमा कुनैपनि रुख नकाटिएको र नकाटिने स्पष्ट पारेका छन् ।
जारी विज्ञप्तीमा बिरुवाको संरक्षण, आधुनिकीकरण र सौन्दर्यकरण गरी नमूना ब्यापारिक केन्द्र बनाउने योजना रहेको स्पष्ट पारिएको छ । पार्किङस्थल बनाउन लागिएको नभई सौन्दर्यकरणका लागि फूल रोप्ने र इन्टरलक जडान गर्ने कार्यको तयारी भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विकास निर्माणमा सबैको साझा सोँच बनाई वृहत्तर हितमा अघि बढन नेपालगञ्ज उपमहानगरपालिका क्रियाशिल रहेको भन्दै प्रवक्ता रिजालले सहयोगका लागि सबैमा अपीलसमेत गरेका छन् ।
