कोरोना संक्रमणबाट बाँकेमा एक पुरुषको ज्यान गयो

सदरलाइन संवाददाता २० माघ २०७७, मंगलवार ०९:१९
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर वडा नं. ७ का ६६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा सोमवार राती १ बजेर १८ मिनेटमा मृत्यु भएको हो ।

मंसिर २९ गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि पुष १३ गते अस्पतालमा भर्ना भएका ती पुरुषको रोगको प्रकृतिअनुसार उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि उनको सोमवार राती मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


योसँगै कोरोना संक्रमित भई बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ८८ जनाको मृत्यु भईसकेको छ ।

Next Post

बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना

२० माघ २०७७, मंगलवार ०९:१९
काठमाण्डौ : ढिलै भएपनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने भएको छ । बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले बिहीवारदेखि तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । उनकाअनुसार अहिलेसम्मको अवस्थाले बिहीवार […]

ताजा अपडेट