कोहलपुरको १ नं. वडा बालविवाहमुक्त घोषणा

सदरलाइन संवाददाता १९ श्रावण २०७८, मंगलवार १५:३९
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर एकलाई मंगलवार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । बाल विवाह बिरुद्ध लामो समयदेखि बिभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको वडालाई एक कार्यक्रमकाबीच बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

कोहलपुरका मेयर लुटबहादुर रावत, उपमेयर सञ्जु कुमारी थारुको बिशेष उपस्थितिमा वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

वडा अध्यक्ष गोपिलाल खनालका अनुसार वडाले प्रतिबद्धता जनाएको र उपमेयरले प्रमाणिकरण गरेपछि नगरपालिकाकै तेस्रो वडाका रुपमा वडालाई बाल विवाह मुक्त घोषणा गरिएको हो ।


घोषणा समारोहका अवसरमा बाल विवाह बिरुद्ध सक्रिय संघ संस्था एवं व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप सम्मानित गरिएको थियो ।

वडा नम्वर १२ र १३ यसअघि नै बाल विवाह मुक्त वडा घोषणा भइसकेका छन् । अब तत्कालै वडा नम्वर तीनलाई पनि घोषणा गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैंकको लापरवाहीले पोषण भत्ता गुम्यो

१९ श्रावण २०७८, मंगलवार १५:३९
नेपालगञ्ज : बैंकको लापरबाहीले जाजरकोटको भेरी नगरपालिकाका ९ सय २० बालबालिकाले एक वर्षको पोषण भत्ता गुमेको छ । एनआइसी एसिया बैंकले सम्झौता अनुसार काम नगर्दा भत्ता गुमेको नगरपालिकाका पदाधिकारीले बताएका छन् । सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिँदै आएको पोषण भत्ता बापतको रकम ४७ लाख रूपैयाँ एनआइसी एसिया बैंकमा गत असार […]