बुद्ध एयरको नेपालगञ्ज–पोखरा उडान सुरु, सातामा नियमित ३ उडान

रुद्र सुवेदी १७ श्रावण २०७८, आईतवार १४:१६
 


नेपालगञ्ज : बुद्ध एयरले नेपालगञ्ज–पोखरा सिधा उडान आइतबार (आज) बाट सुरु गरेको छ । पोखराबाट १८ यात्रु बोकेर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्ध एयरको १८ सिटे ‘विच’ विमानका चालक दल, यात्रुलाई नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाई, पर्यटन पर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाटा बाँकेका श्रीराम सिग्देल लगायतले स्वागत गर्नुको साथै नेपालगञ्जबाट पोखरा जाने १७ यात्रुलाई विदाई समेत गरिएको थियो ।

नेपालगञ्ज–पोखरा सीता एयरको महिनौँ लामो चार्टर्ड उडान, पर्यटक र यात्रुको चापलाई हेरेर बुद्ध एयरले गएको वर्षको बैशाखमै पोखरा–नेपालगञ्ज उडान गर्ने घोषणा गरेको भए पनि कोभिडका कारण कार्यान्वयन हुन नसकेकोमा आजबाट सुचारु हुन पाएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख बिनित शाहले जानकारी दिए ।

उनले बुद्ध एयरले सातामा ३ दिन आइतबार बुधबार र शुक्रबार नियमित उडन गर्ने र पर्यटकको रोजाइ र यात्रुको चापलाई हेरेर नेपालगञ्ज–पोखरा उडानमा हाल १८ सिटे बिच विमानबाट सुरु गरिए पनि यात्रुको चाप अनुसार ठूलो विमान प्रयोगमा ल्याउने तयारी गरेको बताए । उनले भने–‘ अहिलेलाई हामीले १८ सिटे बीच विमानबाट उडान सुरु गरेका छौ । यात्रुको चाप बढेमा ठूलो विमान प्रयोगमा ल्याउने तयारी गरेका छौ ।’ कोभिडको कारण आन्तरिक उडान समेत प्रभावित भएको कारण चार्टर्ड उडान स्थगित गर्नु परेको थियो ।

पर्यटन प्रवद्धन समिति बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सिता एयरको चार्टर्ड उडानबाट सुरु गरिएको नेपालगञ्ज–पोखरा उडानको बाटो पछाउदै बुद्ध यएरले हप्तामा नियमित ३ उडान राखेर आजबाट सुरु गरेको उडानले यहाँको पर्यटन क्षेत्रको विकासको लागि नयाँ आयम थप भएको बताए ।

उनले आन्तरिक पर्यटक, भारतीय पर्यटकलाई लक्षित गरेर उडान सुरु गर्दा यसले पश्चिम नेपालको पर्यटनमा ठूलो टेवा पुग्ने बताउदै बुद्ध एयरले यससँगै पोखरा–वीरगञ्ज, विराटनगर–नेपालगञ्ज लगायत नयाँ रुटमा पनि सिधा उडान गर्न आवश्यक रहेको बताए ।


पोखरा–नेपालगञ्ज उडानले भारतबाट आउने पर्यटक र पश्चिम नेपालको पर्यटन क्षेत्रलाई विशेष टेवा पुग्ने नाट्टाका अध्यक्ष अच्युत गुरागाईले बताए । वर्षौदेखि थालेको प्रयासले बल्ल पूर्णता पाएको बताउदै उनले यसबाट थोरै भएपनि पश्चिम नेपालको पर्यटनलाई विशेष टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

बुद्ध एयरले साताको ३ दिन नियमित उडान ४६२ नं. उडानबाट नेपालगञ्ज–पोखरा उडान भर्ने र यात्रुको चाप र माग अनुसार विमान र उडान संख्या बढाउने गरी आन्तरिक तयारी गरेको जनाएको छ । अहिले बुद्ध एयरले ४ हजार ९ सय ९५, ५ हजार ६ सय ६५ र ७ हजार ६ सय ९५ तीन दररेटको भाडा कायम गरिएको छ ।

यसैगरी नेपालगञ्ज पोखराको लदागि प्रतिव्यक्ति प्याकेजको रुपमा ११ हजार दिएर २ रातको होटलबास, खाजा र पोखरा विमानस्थल– होटल पिकअप र ड्रपगर्ने छ । भने पोखराबाट नेपालगञ्ज आउनेलाई १३ हजार ९ सयमा सोही प्याकेजको मूल्य तोकिएको छ । सो मूल्यमा बर्दिया निञ्कुज समेतको जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बल्दैनन् नेपालगञ्जका अधिकांश सौर्यबत्ती

१७ श्रावण २०७८, आईतवार १४:१६
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका बजार क्षेत्रभित्र जडान गरिएका अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् । ६ महिनादेखि राम्ररी […]

सम्बन्धित