बसको चक्काले थिचेर मृत्यु

९ फाल्गुन २०७४, बुधबार ०८:५४
 

९ फागुन, काठमाडौँ । स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ ।

गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो । मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिवसमेत रहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । बालाजु बाइपासबाट शेषमती आउँदै गरेको बा७९प २९८५ नंको पल्सर मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको बा३ख २६१३ नंको बसको चक्काले थिचेको थियो ।


महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख विश्वराज खड्काले सडक पार गर्दै गरेको अवस्थामा पैदलयात्री बचाउने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा घाइते मोक्तानको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार खोटाङ घर भई बानियाँटार बस्ने २२ वर्षीय मिलन परियारको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(रासस)

Next Post

प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुनको मृत्यु

९ फाल्गुन २०७४, बुधबार ०८:५४
०९ फागुन,काठमाडौं । गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेको आज बुधबार प्रहरी इन्काउन्टरमा परि मारिएका छन् । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको […]

सम्बन्धित