दाङका २० मतदानस्थल अतिसंवेदनशिल

सदरलाइन संवाददाता २४ कार्तिक २०७९, बिहीबार १२:५९
 

नेपालगञ्ज : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा एक सय ५३ मतदानस्थल रहेका छन् । जिल्लाका एक सय ५३ मतदानस्थल मध्य २० मतदानस्थल अतिसंवेदनशील रहेको निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रजिअ रेग्मीका अनुसार जिल्लाको ग्रामीण बस्तीमा रहेका मतदानस्थल सुरक्षाका रूपमा अतिसंवेदनशील पहिचान गरिएको हो । बबई गाउँपालिका, राप्ती गाउँपालिका, बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अतिसंवेदनशील मानिएको प्रजिअ रेग्मीले बताए ।

अतिसंवेदनशील मतदान केन्द्रमा तीन प्रहरी र नौ म्यादी प्रहरी, संवदेनशील मतदान केन्द्रमा तीन प्रहरी र ६ म्यादी प्रहरी त्यस्तै सामान्य मतदान केन्द्रमा तीन प्रहरी र पाँच म्यादी प्रहरी परिचालन हुने प्रजिअ रेग्मीले बताए । जिल्लाको एक सय २२ संवेदनशील र ११ वटा मतदानस्थल सामान्य रहेको प्रजिअ रेग्मीले बताए ।


त्यस्तै मतदानस्थलको सुरक्षाका लािग करिब ४ हजार बढी जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा तीन प्रदेश र ६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक सय ५३ मतदानस्थल र सय मतदान केन्द्र छन् ।

प्रजिअ रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा चार हजार बढी सुरक्षाकर्मी र तीन हजार सात सय २० कर्मचारी खटिन लागेको बताए । मतदानका लागि मतदान अधिकृतदेखि सहायक स्तरका कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन् ।

जिल्लामा चार हजार सुरक्षाकर्मीमध्ये एक हजार नौ सय २० म्यादी प्रहरी परिचालन हुँदैछन् । सुरक्षा संवेदनशीलतालाई हेरेर मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिनेछ । उनले अति संवेदनशीलमा राखिएको भए पनि सोहीअनुसार सुरक्षाकर्मी खटिने र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणको व्यवस्था गरिएको समेत प्रजिअ रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नं. १ मा नयाँ अनुहार रोज्दै मतदाता

२४ कार्तिक २०७९, बिहीबार १२:५९
कोहलपुर (बाँके) : बाँके निर्वाचन क्षेत्र नं. १ का मतदाताको रोजाई नयाँ अनुहार हुने गरेको छ । मतदाताहरुले हरेक निर्वाचनमा नयाँ अनुहारलाई चुन्ने गरेका छन् । यस क्षेत्रबाट विगतमा चुनाव जितेका अधिकांश व्यक्तिहरू प्रतिस्पर्धामा रहे पनि मतदाताको रोजाइ भने नयाँ अनुहार भएको पाइयो । यहाँका नागरिकले नयाँ अनुहारलाई रोजेको र […]