दाङमा डेंगी रोग संक्रमितको संख्या नौं सय नाघ्यो

सदरलाइन संवाददाता २ आश्विन २०७९, आईतवार १६:२१
 

नेपालगञ्ज : दाङमा डेंगी रोग संक्रमितको संख्या नौं सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा डेंगी रोग संक्रमितको संख्या ९९४ पुगेको हो ।

जसअनुसार घोराही उपमहानगरपालिकामा ७९१ जना, तुलसीपुरमा १७३ जना, लमहीमा २३ जना, गढवामा ४ जना र राप्ती गाउँपालिकामा ३ जना गरी ९९४ जनामा डेंगी रोगको संक्रमण पुष्टि भएको डेंगी रोग फोकल पर्सन देवराज डाँगीले जानकारी दिए ।


उनका अनुसार जिल्लाका दश स्थानीय मध्य पाँच स्थानीय तहमा भने डेंगी रोग संक्रमित फेला परेको तथ्यांक आफूहरु कँहा नआएको बताउनुभयो । त्यस्तै जिल्लामा डेंगी रोग संक्रमणबाट घोराहीका एक जना महिलाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवारदेखि खजुरामा खुल्ला फुटबल प्रतियोगिता हुँदै

२ आश्विन २०७९, आईतवार १६:२१
खजुरा (बाँके) : खजुरा युवा क्लबको आयोजनामा असोज ३ गतेदेखि खजुरामा ‘शहिद सेतु बिक स्मृति कप २०७९’ खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । संबिधान दिवसका अवसर पारेर दोस्रो जन आन्दोलनमा सहादत प्राप्त शहिद सेतु बिकको समझनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । खजुरा युवा क्लबको आयोजनामा खजुराको श्री […]