नेपालगञ्जमा युवा उद्यमशिलता तालिम सुरु

६ असार २०७६, शुक्रबार १९:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले युवालाई लक्षित गरी उपमहानगर स्तरिय युवा सीप तथा उद्यामशिलता विकास तालिम सुरु गरेको छ ।

युवालाई उद्यमशिलता बनाउने तथा उद्यम र व्यावसाय सञ्चालन गर्नेतर्फ अग्रसर रहेकालाई सहभागि गराईएको सो तालिम असार १२ गतेसम्म सञ्चानमा हुने छ ।

तालिमको उद्दघाटन गर्दै नेपालगञ्ज उप–महानगरपािलकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा उप–सचिव गोर्खबहादुर थापाले तालिमले व्यावसाय छनौट गर्ने तरिका र व्यावसायबाट कसरी नाफा आर्जन गर्न सकन्छ भन्ने विषयमा केन्द्रीत रहेर सिकाईने जानकारी दिए ।


उनले आफुले सञ्चालन गरेको व्यावसायलाई नाफामुलक बनाउन तथा नाफामुलक व्यवसाय रोज्नको लागि तालिमले सहयोग पुराउने भएकोले तालिमका सहभागिहरु जिज्ञासु तथा सक्रियरुपमा सहभागित जनाउन आग्रह गरे ।
आगामी असार १२ गतेसम्म सञ्चालन हुने सो तालिममा विभिन्न क्षेत्रमा व्यवासाय सञ्चालन गरेका वा गर्ने योजना बनएका ३२ जनाले सहभागिता जनाएका छन् ।

 तालिमलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका कार्यालय प्रमुख बासुदेव सेढाई, उनपालगन्ज उप–महानगर शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत लोकेन्द्र शाहीलगायतले सहजिकरण गरीरहेका छन् ।  

Next Post

नेपालगञ्ज उप–महानगर वडानं. १८ को वडा भेला आयोजना

६ असार २०७६, शुक्रबार १९:१०
सदरलाइनडटकम, नेपालगञ्ज   : नेपालगञ्ज उप–महानगरपालिकाको वडानं. १८ ले आगमी आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम तथा बजेट विनियोजनका लागि शनिबार वडा भेलाको आयोजना गरेको छ । कारकाँदोमा रहेको होटल सिद्धर्थ भ्यूमा आयोजित गरिएको वडा भेलाले आगमी बजेट तथा कार्यक्रमका साथै विगतका कार्यक्रमको समीक्षा समेत गरियो । वडाको कार्यक्रमका लागि नागरिकको सहभागितामा […]