नेपालगञ्ज रंगशालाको विद्यार्थीद्वारा अवलोकन

२० चैत्र २०७५, बुधबार १८:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधारको स्कुले विद्यार्थीले अवलोकन गरेका छन् । आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधार अवलोकन गर्न योग्य भएपछि स्कुले विद्यार्थी अवलोकनका लागि नेपालगञज रंगशाला आएका हुन् ।
बार्षिक परीक्षा सकिएकोले थप सिकाईका तल्लो कक्षाका विद्यार्थीलाई नेपालगञ्ज रंगशालामा निर्माण भएको फिल्ड एण्ड ट्रयाक, भिआइपी प्यारापिट, कवर्ड हल, स्विमिङ पुल, ब्यूटीयार्द, भारोत्तोलन, शुटिङ एकेडेमीलगायत संरचनाको अवलोकन गराएको अरुणोदय मावि, खजुराका प्रिन्सिपल ऋषिकेश जिशीले बताए ।
प्रतियोगिता संचालन भएको बेला विद्यार्थीले भौतिक पूर्वाधार र खेल मैदानको अवलोकन गर्न नपाउने भएकोले प्रयोगात्मक ज्ञान दिनका लागि नेपालगञ्ज रंगशालाको अवलोकन गराएको उननको भनाई छ । एक दिनअघि अवलोकन गरेर फर्किएका शिक्षकले अवलोकन गर्न लायक भएको बताएपछि विद्यार्थीलाई पनि अवलोकन गराएको उनले बताए ।
अवलोकन गर्न आएका विद्यार्थीले रंगशाला अति सुन्दर देखिएको र रंगशालामा रोमिएको दुवो, भिआइपी प्यारापिट, फिल्ड एण्ड ट्रयाक देखेर रमाएको प्रतिक्रिया दिए । अवलोकनका लागि अरुणोदय माविका झण्डै एक सय ५० विद्यार्थी अवलोकनका लागि नेपालगञ्ज रंगशाला आएका थिए ।

Next Post

प्रतियोगिता सफल पार्न कवड्डी संघले माइकिङ गर्ने

२० चैत्र २०७५, बुधबार १८:४२
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार नेपाल कवड्डी संघले गर्ने भएको छ । प्रतियोगितामा जनसहभागिता गराउन संघले जिल्लाभर प्रचार प्रसार गर्ने भएको हो । प्रतियोगिता हुनुभन्दा दुई दिन अघि संघले बाँके जिल्लाको विभिन्न स्थानमा आठौँ राष्ट्रिय प्रतियोगिताको जानकारी सहितको माइकिङ गर्ने संघका अध्यक्ष डम्बर थापाले जानकारी दिए […]