२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

सहादत मस्जिद गुठीमा नयाँ नेतृत्व प्रकरण : ईत्तेहाद संगठनको ध्यानाकर्षण



नेपालगञ्ज : नेपालगञ्ज–१७ परस्पुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ संञ्चालक समिति गठन प्रकृयाबारे नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेका अध्यक्ष मो. उमर हल्वाई कवाडीले एक विज्ञप्ती जारी गर्दै नेपालगञ्ज–१७ का वडा अध्यक्ष अजय पाठकको रोहबरमा केही ब्यक्ति बोलाई राजनीतिक पूर्वाग्रह राखेर नयाँकार्य समिति गठन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सहादत मस्जिद गुठीको नाममा दर्ता रहेको जग्गा सन्दर्भमा निजामुद्दीन इद्रीसीका पूर्खाले दान दिएको कुरा ध्रुव सत्य नै हो तर समाजमा लडाई झगडा गराउने राजनैतिक तवरले भोट बैंकको फोहरी खेल खेल्ने मनसायले गरिएको यस्तो कार्य पक्कै राम्रो होइन र निजामुद्दीन इद्रीसीले सो गुठी निजीकरण गरेको कुनै प्रमाण समेत पनि छैन तसर्थ समाजमा यस्ता अशान्ति फैलाउन झै झगडा गराउने उद्देश्यले गरिएको क्रियाकलाप अब उप्रान्त नगर्नु नगराउनु हुन सम्बन्धित सबै वडा नं. १७ का वासीहरुलाई अनुरोध गरिन्छ’ विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रबार
ताजा समाचार