२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नेपालगञ्जमा पनि मनाइयो गाईजात्रा



नेपालगञ्ज : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सोमबार विभिन्न कला, झाँकीसहित नेपालगञ्जमा पनि मनाइएको छ ।

नेवा सामुदायको एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई सिँगारी र हातमा तस्बिर लिएर र्याली नेपालगञ्जको धम्बोझी चोकबाट सुरु भई सेतुबिक चोक, त्रिवेणी मोड हँुदै बागेश्वरी मन्दिर परिसर आएर र्यालीसमापन गरिएको थियोे ।

कहि बर्ष यता काठमाण्डौ उपत्यका पछि धेरै ठाउँहरुमा पनि गाईजात्रा मनाईने गरेको पाईन्छ भने नेपालगन्जमा पनि पहिले भन्दा धेरै परिवर्तन गरेर झाँकी, नृत्य, कला र बाजागाजासहित र्याली निस्किएको थियो ।

प्रकाशित मिति : २०७८ भदौ ७ गते सोमबार
ताजा समाचार