अमेरिकामा फेरि फैलियो कोरोना : बालबालिका बढी संक्रमित

सदरलाइन संवाददाता १४ भाद्र २०७८, सोमबार १४:५१
 

काठमाण्डौ : अमेरिकामा फेरि कोरोना फैलिएको छ । दुई महिनादेखि १२ वर्ष उमेरसम्मका बालबालिका कोरोनाबाट थलिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । एक साताभित्र ३४ राज्यका एक लाख ८० हजार बालबालिका संक्रमित भएको बताइएको छ ।

चिकित्सकले अमेरिकामा कोरोना भाइरस फेरि एकपटक तीव्र रूपमा फैलिरहेको जनाएका छन् । यसपटक कोरोनाको असर स–साना बालबालिकामाथि परेको उनीहरुको भनाई छ । त्यहाँका ३४ राज्यका अधिकांश बालबालिका कोरोना संक्रमित भएको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । यी राज्यहरूमा कोरोनाका कारण गम्भीर रूपमा बिरामी भएका बालबालिका पहिलोपटक अस्पताल भर्ना भएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार, यो एक साताभित्र ३४ राज्यका एक लाख ८० हजार बालबालिका संक्रमित भएका छन् । जसमध्ये ६ हजार एक सयको अवस्था चिन्ताजनक छ । सबैजसो राज्यका चिकित्सकहरूले एक सातादेखि बिदामा नबसी उपचार गरिरहेको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन हस्पिटल एसोसिएसनले जनाएको छ ।

पर्याप्त अक्सिजन, आइसियू तथा भेन्टिलेटरसमेत नहुँदा उनीहरूको उपचारमा समस्या भइरहेको छ । ठूलो समस्या भनेकै एक वर्षमुनिका बालबालिकाको उपचार गर्न भइरहेको चिकित्सकले बताएका छन् ।

आमाबुबाबाट टाढा रहेका ती कलिला बालबालिकाको श्वासप्रश्वासमा समस्या आएको चिकित्सकहरू बताउँछन् । गम्भीर रूपमा संक्रमित भएका बालबालिकाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


दुई महिनाको शिशुमा पनि संक्रमण
न्युअर्लिन्स सहरका दुई महिनाको शिशु बाल अस्पतालमा भर्ना भएकी छन् । कार्वसलाई सास फेर्न गाह्रो भएपछि तत्कालै अस्पताल भर्ना गरिएको थियो । अहिले उनको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

२४ घण्टा डाक्टर तथा नर्सहरूको निगरानीमा कार्वसको उपचार जारी छ । डाक्टरहरूका अनुसार कार्वसको स्वास्थ्य अवस्थामा त्यति सुधार आएको छैन । कोरोना भाइरस संक्रमितमध्ये कार्वस सबैभन्दा कम उमेरकी हुन् ।

चार सय बालबालिकाको संक्रमणबाट निधन
क्यालिफोर्निया र न्युयोर्कजस्ता ठूला सहरमा पनि बच्चाको केस बढिरहेको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण चार सय बालबालिकाको निधन भएको एसोसिएसनले जनाएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा तीन हजार नौ सय ६६ जना नयाँ संक्रमित फेला परेका छन् ।

यस्तै, २४ घन्टामा १७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा अहिलेसम्म तीन करोड ९६ लाख २१ हजार तीन सय ८३ जना संक्रमित भएका छन् । जसमध्ये तीन करोड आठ लाख १२ हजार दुई सय ४३ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाका बाढी पीडितलाई नगद राहत हस्तान्त्रण

१४ भाद्र २०७८, सोमबार १४:५१
नेपालगञ्ज  : जिल्ला विपद व्यवस्थापन समिति बाँकेले गत भदै ११ गते डुडुवा नदीमा आएको बाढीका कारण डुडुवा गाउपालिका–२ कधैपुरवा गाउका घरबार बिहीन भएका बढी पीडितलार्ई राहत बितरण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा डुडुवाको कधैपुरवा पुगेको टोलीले बाढीले घर बगाएको ३ घरधुरीलाई जनही १५ हजारका दरले […]