२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

मोहर्रमको तयारीका लागि केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको बैठक




नेपालगञ्ज :  मुस्लिम समुदायको आउन लागेको महान पर्व मोहर्रम पर्व तथा कर्बला व्यवस्थापनका विषयमा केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको नेपालगन्जमा शनिबार बैठक बसेर छलफल गरेको छ ।

कोरोना संक्रमणको महामारीका कारण लगातार दुई वर्षदेखि पर्व समेत खुलेर मनाउन नसकेको हुँदा वातावरण अनुकुल भए यस वर्ष भने धुमधामका साथ मनाउने विषयमा छलफल भएको केन्द्रीय समितिका अध्यक्ष गुलाम हुसेन हल्वाईले बताए ।

केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिमा केन्द्रीय अध्यक्ष गुलाम हुसेन हल्वाई (फिरोज), वरिष्ठ उपाध्यक्ष इशाहक सिद्दिकी (गुड्डू), उपाध्यक्ष जलील राई, महा–सचिव शाबीर अली शेष, सचिव रिजवान मिर्जालगायत २४ जनाको कार्यसमिति रहेको छ ।

सो समिति अन्तर्गत बाँकेमा ५० वटा गाउँका समितिको पदाधिकारीहरुको उपस्तिथिमा छलफल भएको अध्यक्ष हुसेनले बताए । समितिले धुमधामका साथ मनाउने निर्णय गरेको भए पनि कोरोना महामारीको जोखिमको वातावरण बारे सुझबुझ गरेर प्रशासनको अन्तिम निर्णय माथि निर्भर रहेको समितिका पदाधिकारीले जनाएका छन ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिबार
ताजा समाचार