२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

मुस्लिम संघद्वारा पर्वमा सार्वजनिक बिदाको माग गर्दै ज्ञापन




नेपालगञ्ज  : मुस्लिम समुदायको इदुल अजहा (बकर ईद)मा सार्वजनिक विदाको माग गर्दै मुस्लिम समाज बाँकेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

देशका सम्पूर्ण नागरिकको सुरक्षा र आस्थाको सम्मान गर्नु राज्यको कर्तव्य भएको भन्दै मुस्लिम समाजले ज्ञापनपत्र बुझाएको हो । केपी शर्मा ओलीको सरकारले पहिलो क्याविनेटबाट सम्पूर्ण विदाहरु कटौती गरेको कटौती गरिएको सम्पूर्ण विदा पुनः स्थापित गर्न नेपाल मुस्लिम संघले माग गर्दै आईरहेको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।

कटौती गरिएका सम्पूर्ण समुदायका चाडपर्वका विदाहरुको पूर्ववत रुपमानै पुनः स्थापित गर्न माग गर्दै नेपाल मुस्लिम संघ बाँकेले श्रावण ६ गते मुस्लिम समुदायको इदुल अजहा (बकर ईद) पर्न जाने भएकोले अविलम्ब सार्वजनिक बिदा घोषणा गरि मुस्लिम समुदायमा सकारात्मक संदेश प्रवाह गर्न समेत ज्ञापनपत्र मार्फत आग्रह गरेको छ ।

नेपाल मुस्लिम संघ बाँकेका सभापति लुम्बिनी प्रदेश सभा सदस्य मो. याकूब अंसारीले बुझाएको ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले सम्बन्धित ठाँउसम्म पुर्याउने प्रतिबद्धता जाहेर गरे । साथै उनले मुस्लिम समुदायको पर्व इदुल अजहा (बकर ईद) लाई सबैले स्वास्थका मापदण्डलाई पालना गरेर मनाउन आग्रह समेत गरेका थिए ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार
ताजा समाचार