Sadarline
२०८३ असोज २८ , बुधबार

कक्षा १२ को परीक्षा साउनको तेस्रो वा अन्तिम सातामा गर्ने बोर्डको तयारी



काठमाडौः  कोरोना कहरका कारण स्थगित भएको कक्षा १२ को परिक्षा साउन भित्र सञ्चालन गर्ने गरि तयारी अगाडि बढाउदै राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालय संग अनुमति मागेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा आगामि साउनको तेस्रो वा अन्तिम सातामा सन्चालन गर्नेगरि शिक्षा मन्त्रालयसँग अनुमति मागेको बताए ।

उनले कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने वातावरण सिर्जना भएकाले कक्षा १२ को परीक्षा सन्चालनको अनुमति माग गर्दै परीक्षाको तयारी पनि गरिरहेको जानकारी दिए ।

गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । बोर्डले गत वर्षको भन्दा फरक मोडालिटी अर्थात् शतप्रतिशत लिखित परीक्षा लिने तयारी गरेको जनाएको छ । गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको थियो ।

प्रकाशित मिति : २०७८ असार २० गते आइतबार
ताजा समाचार