दुई भारतीय सहित ३ जना ४३ ग्राम ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता ९ श्रावण २०७८, शनिबार ०९:४२
 


नेपालगञ्ज  : प्रहरीले नेपालगञ्जमा भाडामा कोठा लिएर अबैध लागू औषधको कारोबार गर्दै आएका दुई भारतीय नागरिक सहित ३ जनालाई ४३ ग्राम ब्राउन सुगर सहित शुक्रबार राती नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

लागू औषध व्यूरो नेपालगञ्जले प्राप्त गरेको सुचनाको आधारमा शुक्रबार राती ८ बजे नेपालगञ्ज–१२ कोरियनपुर ३ तले घरबाट भारतको बहराईच जिल्ला कोतवाली नानपारा बाईपासका २८ वर्षिय सलमान खान, भारत लखनउ कोतवाली घर भएका २८ वर्षिय मुस्तकिम र नेपालगञ्ज–११ टाँगास्टेशन बस्ने वर्ष २१ को आजाद कबडियालाई सो ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।


प्रहरीले उनीहरु बस्ने कोठामा सर्च गर्दा सलमानले लगाएको हापपैन्टको अगाडिको पकेटबाट ४३ ग्राम ब्राउन सुगर र डिजिटल तराजु समेत बरामद गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका सलमानको साथबाट ‘दिल्ली क्राईम’ रिर्पोटर को परिचय पत्र समेत बरामद भएको छ । बाँके प्रहरीले सो घटनाको बारेमा शनिबार ११ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३२ औं गृष्मकालिन ओलम्पिकको पहिलो स्वार्ण चीनलाई

९ श्रावण २०७८, शनिबार ०९:४२
एजेन्सी : चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् […]