सदरलाइनडटकम,
नेपालगञ्ज : ३१ औं विश्व एड्स दिवसका अवसरमा नेपालगञ्जमा सचेतनामुलक र्याली निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्यमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थासँगको सहकार्यमा विहान नगरमा ¥याली प्रदर्शन गरिएको हो ।
एआआइभीको जाँच गराऔं, आफनो अवस्था थाहा पाऔं भन्ने मुल नारासहितको र्यालीमा एचआईभीविरुद्ध सचेतनामुलक प्ले कार्ड प्रदर्शन गरिएको थियो । नगर उपप्रमुख उमा थापामगरले र्यालीको शुरुवात गर्दै एचआईभीविरुद्ध सचेतना र सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने बताइन् ।
स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सरकारी तथा गैरसरकारी संस्थामा आवद्ध प्रतिनिधी, विद्यार्थी, जनप्रनितिधीलगायतको सहभागिता रहेको र्याली विपी चौकबाट शुरु भई त्रिभुवनचौक, त्रिवेणी मोड हुँदै वसपार्क पुगेर सभामा परिणत भएको थियो ।
नगर प्रमुख डा. धवल शम्शेर राणाले अशिक्षा र दुव्र्यसनले एचआइभी संक्रमण बढेको भन्दै सामुहिक सहकार्यलेनै यसको निर्मुलीकरण हुने विश्वास व्यक्त गरे । एक तथ्यांक अनुसार–विश्वमा ३ करोड ६९ लाख र नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ ।