राप्ती पथमा चार हजार भक्तजनलाई प्रसाद वितरण

सदरलाइन संवाददाता ९ कार्तिक २०८०, बिहीबार १३:३४
 

नेपालगञ्ज : नेपालगञ्ज हुँदै राप्ती पथमा पर्ने डुडुवा गाउँपालिका ४ स्थित साहपुर्वामा किभा फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा चार हजारभन्दा बढीले प्रसाद ग्रहण गरेका छन् ।

फाउण्डेसनले संस्थाको शुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात् भण्डाराबाट गरिएको हो । नेपालगञ्ज २१ मा स्थापना भएको फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बडा दसैंको घटस्थापनाको दशौ दिनसम्म दुर्गा मूर्तिको पूजाआराधना गर्ने र ११ औं दिनमा मूर्ति विसर्जन गर्ने धार्मिक परम्परा सदियौंदेखि चलिआएको छ । विसर्जनको अवसरमा बुधबार साहपुर्वा चोकमा भण्डाराको आयोजना गरिएको थियो ।

‘नारीः शक्ति समृद्धिको मार्गदर्शिका’ भन्ने मुलमन्त्रका साथ चालु आर्थिक वर्षको साउनदेखि सञ्चालनमा आएको यस फाउण्डेसनले बजार क्षेत्रभन्दा बाहिर सार्वजनिक रुपमा कार्यक्रम आयोजना गरेर अभियानको सुरुवात गरेको संस्थापक अध्यक्ष संगीता पाठकले जानकारी दिइन् ।

उनले भनिन्, ‘संस्थाको उद्देश्यबारे धेरै विषयवस्तु फाउन्डेसनको नाराबाटै थाहा पाइन्छ । यस संस्थाले मुख्य रुपमा महिला र उनीहरुको जीवनस्तर उकास्न विभिन्न गतिविधि अभियानका रुपमा चाल्ने लक्ष्य लिएको छ ।’


यस्तै, संस्थाका महासचिव अजय पाठकले बजार क्षेत्रभन्दा बाहिर कार्यक्रम आयोजना गरेर अझै प्रभावकारी भएको बताए । उनका अनुसार चार हजारभन्दा बढी व्यक्तिले प्रसाद ग्रहण गरेका छन् ।

यस्तै, फाउण्डेसनका कोषाध्यक्ष रामदिन मोदीले अहिले संस्थाको शुरुवात भएपनि आगामी दिनमा फाउण्डेसनमार्फत विभिन्न कार्यक्रम आयोजना गरिरहने साथै महिलाको हक हित र सशक्तिकरणका लागि अभियानका रुपमा अगाडि बढ्ने बताए ।

हालै मात्र स्थापित फाउण्डेसनको सञ्चालक समिति अध्यक्षमा संगीता पाठक, उपाध्यक्षमा शिवम गुप्ता, कोषाध्यक्षमा रामदिन मोदी, महासचिवमा अजय पाठक र सदस्यमा राजकुमार लोध रहेका छन् ।

फाउण्डेसनले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै माहिलाका लागि विशेष काम गर्ने, आर्थिकरुपमा कमजोर वा असहाय परिवारका बालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने, विवाहमा आर्थिक सहयोगका साथै अति विपन्न परिवारका बालिकाको सामाजिक, रीतिरिवाज तथा धार्मिक परम्पराअनुसार सामूहिक रुपमा विवाहको आयोजना गर्ने मुख्य उद्देश्य रहेको महासचिव पाठकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लामा सात करोडभन्दा बढीको खसी–भेडा बिक्री

९ कार्तिक २०८०, बिहीबार १३:३४
हुम्ला : यस पटकको दसैंमा हुम्लामा सात करोडभन्दा बढी रुपियाँको खसीभेडा बिक्री भएको छ । चीनबाट च्याङ्ग्रा नआउनु र स्थानीय खसीको मूल्य बृद्धि भएका कारण खसी बिक्रीमा बढी आर्थिक कारोवार भएको कृषकको भनाइ छ । उद्योग वाणिज्य सङ्घ हुम्लाका बरिष्ठ उपाध्यक्ष रामबहादुर भण्डारीले यस पटकको दसैंका लागि पाँच हजारभन्दा बढी […]