नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा कोभिड संक्रमित थप एक जनाको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका–१ रोल्पाका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । असार २३ गते कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ३ सय ७१ जनाको मृत्यु भएको छ ।