जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

सदरलाइन संवाददाता ७ चैत्र २०७८, सोमबार १२:३३
 

जाजरकोट : जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ। सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुंगासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ। बहुवर्षे ठेक्कामार्फत् सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिए।

बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखालाई पत्र पठाएको छ।


तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ। चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ।

केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाइने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुव झाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

७ चैत्र २०७८, सोमबार १२:३३
काठमाण्डौ : ५७औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो […]

सम्बन्धित