सदरलाइनडटकम,
नेपालगञ्ज : एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत नेपालगञ्जमा निर्माण गरिएका दुईवटा अत्याधुनिक सार्वजनिक शौचालय उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
८१ लाखको लागतमा भेरी अस्पताल अगाडी र मासु मण्डी नजिकै निर्माण गरिएका अपांगमैत्री अत्याधुनिक सार्वजनिक शौचालय आइतवार नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमाथापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको उपस्थितीमा हस्तान्तरण गरिएको हो । एसएनभीले नेपालगञ्जको धम्बोझीमा समेत स्वचालित शौचालय निर्माण गरिसकेको छ । हस्तान्तरण भएपछि सार्वजनिक शौचालय उपमहानगरपालिकाले ब्यवस्थापन गर्नेछ ।
