नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्न ओली आउदै

२५ मंसिर २०७३, शनिबार १३:३१
 

सदरलाइनडटकम 


२५ मंसिर, नेपालगन्ज : नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।
अधिवेशन यही मंसिर २७, २८ र २९ गते नेपालगन्जमा
हुँदैछ । अधिवेशनको तयारी अन्तिम अबस्थामा पुगेको अधिवेशन आर्थिक उपसमितिका संयोजक हरिबहादुर खत्रीले बताए । ‘युद्धस्तर’मा तयारी भइरहेको जानकारी दिदै खत्रीले भने,–‘ सचिवालयमा रहेर सबैजना तिब्ररुपमा काम गरि रहनुभएको छ ।’
२७ गते बिशेष समारोहकबीच उद्घाटन हुने बताउँदै खत्रीले भने,–‘ यसलाई हामी बिशेष बनाउन लागिपरेका छौं । उक्त दिन बिभिन्न समुदायका पहिचान झल्किने नृत्य, बाजागाजा सहित पुरै नेपालगन्ज परिक्रमा गर्नेछौ । देशभरबाट आउनुहुने कर्मचारी, शुभेच्छुकहरुको ¥याली प्रदर्शन हुनेछ ।’
खत्रीका अनुसार उक्त झांकीमा देशमा रहेको बिभिन्न जात,जाती र समुदाय बिशेषको अनेकतामा एकता झल्किने
छ । ¥यालीपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यूले अधिवेशन उद्घाट गर्नेछन् ।
दोस्रो दिनबाट बन्दसत्र शुरु हुन्छ । केन्द्रीय पदाधिकारी, केही जिल्लाबाट प्रतिनिधिहरु आउन सुरु गरिसकेको खत्रीले बताएका छन् । प्रतिनिधि, पर्यबेक्षक, बिदेशी पाहुना गरेर १२ सय जनाको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा प्रहरीसंगको झडपमा एकलाई गोली लाग्यो

२५ मंसिर २०७३, शनिबार १३:३१
सदरलाइनडटकम,  २५ मंसिर नेपालगन्ज: जुम्ला चन्दननाथ मन्दीरको मुर्ती खोज्दै हिडेको प्रहरीको विषेश टोली र स्थानीयबीचको झडपमा एकलाई गोली लागेको छ । बर्दियाको मैनापोखर र बाँसगढीबीचको जंगलमा प्रहरीसंग भएको झडपमा परेर एक जना घाईते भएका छन् भने एक प्रहरी नियन्त्रणमा रहेका छन् । मध्यपश्चिम प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक माधव […]

सम्बन्धित