कुटपिटबाट कञ्चनपुरमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता ३१ असार २०७८, बिहीबार १२:४९
 

कञ्चनपुर : भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको बुधबार राति कुटपिटबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको उनले बताए ।


कुटपिटमा संलग्न गिरधारी लुहारलाई प्रहरीले पक्राउ गरेको छ । मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । कुटपिटमा संलग्न रहेका लुहारलाई हिरासतमा राखेर अनुसन्धानभै रहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।

‘कुटपिबाट हत्या गरिएको खुल्न आएको छ । हिरासतमा राखेर अनुसन्धान अघि बढाएका छौ’ उनले भने, ‘दुई जनाबीच विवादको कारण बाहिर आउन सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २६ जनामा कोरोना पुष्टि, ७ जना डिस्चार्ज

३१ असार २०७८, बिहीबार १२:४९
नेपालगञ्ज : बाँकेको विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ८४ नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ८८ नमुना परीक्षण गर्दा १९, नेपालगञ्ज मेडिकल कोहलपुरको प्रयोगशालामा ५१ […]