Sadarline
२०८३ असोज २८ , बुधबार

टोकियो ओलम्पिक : एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्



काठमाण्डौ : नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् ।

ओलम्पिक स्टेडियमको ट्रयाकमा बिहान सरस्वतीले निर्धारित दूरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरिन् । सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । सन् १९९९ को साग गेम्समा देवीमाया पनेरुले १२ दशमलव २० सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ ।

टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए । पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन्। पौडीका गौरिका सिंह, एलेक्जेण्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रबार
ताजा समाचार