लुम्बिनीमा ७ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै

सदरलाइन संवाददाता १६ असार २०७८, बुधबार १६:१२
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा ७ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । हाल नेपालमा १८४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुनेक्रममा लुम्बिनी प्रदेशमा ७ जना संक्रमितको पनि भइरहेको हो ।

यस्तै लुम्बिनीमा ५४ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ६४९ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । कर्णालीमा १ र सुदूरपश्चिममा ४ संक्रमित भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा ८ संक्रमितले आईसीयूमा उपचार भइरहेको छ । बाँकेमा ११ जना संक्रमित सिकिस्त अवस्थामा उपचार गराइरहेका छन् ।


भेरी अस्पतालको कोभिड वार्डमा ३६ जना संक्रमितको उपचार भइरहेकोमा ११ जनाको अवस्था सिकिस्त रहेको उपचार व्यवस्थापनमा खटिएका स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा ३७ जना विरामीको उपचार भइरहेकोमा ३६ जना भेरीमा र एकजनाको वेष्टर्न अस्पतालमा उपचार भइरहेको छ । उपचार गराइरहेका ती विरामीमध्ये ७ जना जिल्लाका हुन् भने अरु ३० जना बाहिरी जिल्लाका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भेन्टिलेटर र आईसीयूमा उपचार गराउने संक्रमितको संख्या अघिल्ला केही साताको तुलनामा घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन

१६ असार २०७८, बुधबार १६:१२
धनगढी : कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकी छिन् । बुधबार कैलाली कारागारको अनुगमन गर्दै मन्त्री जोशीले कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था नरहेको पाईएको उनले बताईन् । जिल्ला […]