राप्तीसोनारीका सहकारीमा चोरी बढ्यो

सदरलाइन संवाददाता ३ फाल्गुन २०८०, बिहीबार १३:५३
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेका सहकारीमा श्रृङखलाबद्ध रुपमा चोरी हुन थालेपछि त्रास फैलिएको छ । पछिल्लो पाँच छ महिनाको अवधिमा तीन वटा सहकारीमा चोरी भएको छ । पछिल्लो पटक माघ २९ गते राप्ती सोनारी गाउँपालिका वडा नं.९ मा रहेको संघर्षशिल सामाजिक उद्यमी महिला सहकारी संस्थामा चोरी भएको छ ।

कोलियाको ढोका फोरेर भित्र प्रवेश गरी लकरबाट दुई लाख ७४ हजार ८९० रुपैयाँ चोरी भएको सहकारीका प्रवन्ध निर्देशक भुपेन्द्र खड्काले बताए । ‘माघको २९ गते राती चारी भएको हो उनले भने–‘हाम्ले फागुन १ गते विहान कार्यालय समयमा मात्रै थाहा पायौं ।’ उनले घटनाबारे प्रहरीलाई जानकारी दिइसकेको बताए । यसअघि राप्तीसोनारी गाउँपालिका वडा नं.९ कै महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था र वडा नं.८मा रहेको वन वातावरण वहुउद्देश्यीय सहकारी संस्थामा पनि चोरी भएको थियो ।


श्रृङखलाबद्ध रुपमा सहकारीमा चोरी भइरहेपनि प्रहरीले भने अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । सहकारीमा श्रृङखलाबद्ध रुपमा भइरहेको चोरीमा संलग्नहरुको पहिचान गर्ने र खोजी गर्ने काम भइरहेको प्रहरीको भनाइ छ । यसैबीच राप्ती सोनारी सहकारी समन्वय समिति अगैयाले विज्ञप्ती निकालेर सहकारीमा भइरहेको चोरीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका संयोजक जमानसिंह वलीद्धारा जारी विज्ञप्तीमा सहकारी संस्थाको सुरक्षाका लागि प्रहरीको ध्यानाकर्षण गराइएको छ । ‘विभिन्न समयमा सहकारी संस्थाको कार्यालयमा चोरीका घटना हुनु निन्दनीय छ विज्ञप्तीमा भनिएको छ–‘चोरीमा संलग्नहरुको तत्काल खोजी गरि कारवाही गर्न सुरक्षा निकायलाई आग्रह गर्दछौं ।’ समितिले सहकारीको सुरक्षाका लागी समुदाय पनि जिम्मेवार बन्नु पर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बजार अनुगमनलाई निरन्तरता

३ फाल्गुन २०८०, बिहीबार १३:५३
नेपालगञ्ज : बाँकेका विभिन्न स्थानका नागरिकहरुबाट प्राप्त गुनासो सम्बोधन गर्दै बजार अनुगमनलाई नियमित र निरन्तर जारी राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कोहलपुरका विभिन्न स्थानमा म्याद गुज्रिएका वस्तु र सुर्तिजन्य वस्तुहरुको समेत बिक्री हुनुका साथै अधिकांश पसलहरु सम्बन्धित निकायमा दर्ता नगरी सञ्चालनमा […]