कैलाली कारागारमा मन्त्री जोशीको अनुगमन

सदरलाइन संवाददाता १६ असार २०७८, बुधबार १६:१६
 

धनगढी : कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकी छिन् । बुधबार कैलाली कारागारको अनुगमन गर्दै मन्त्री जोशीले कैदीहरु १५ इन्चको बेडमा बस्न बाध्य, शुद्ध खानेपानीको व्यवस्था राम्रो नभएको, गर्मीको समयमा पंखाहरुको पनि उचित व्यवस्था नरहेको पाईएको उनले बताईन् ।

जिल्ला कारागार कैलालीको पूर्वाधार विकासका लागि प्रदेश सरकारले १० लाख हस्तान्तरण गरेको मन्त्री जोशीले बताईन । यस्तै कैदीबन्दीलाई सिपमुलक तालिममा संलग्न गराउने समेत बताएकी हुन् । मन्त्री जोशीले कारागारलाई सुधार गृहका रुपमा परिणत गर्ने कार्यको थालनी गरेको बताइन् ।
आफूले प्रदेशभित्र रहेका ९ वटै जिल्ला कारागारको अनुगमन तथा निरिक्षण गर्ने जानकारी दिईन् । अहिले ठूला संरचना निर्माण गर्न नसकेपनि भएका संरचना सुधार गर्नु पर्ने कुरामा उनले जोड दिईन् ।


जिल्ला कारागार कैलालीका जेलर महेन्द्र सिं खड्काले कारागारमा १५० जनाको क्षमता रहेको तर अहिले ४८४ जना कैदीहरु राख्नु पर्ने बाध्यता रहेका जानकारी दिए ।जसमध्ये ४४५ पुरुष, ३५ महिला र ४ वटा आश्रित बालबालिका रहेका छन । कारागारमा भौतिक संरचना लगायतका समस्या नहुदाँ कैदीहरु कष्टकर जीवन बिताउन बाध्य छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको छालासहित बाँकेमा दुई जना पक्राउ

१६ असार २०७८, बुधबार १६:१६
नेपालगञ्ज : बाँके प्रहरीले चितुवाको छालासहित कुसुमबाट दुईजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका– ९ का ३२ वर्षीय सन्तोष क्वँर र भैरवी गाउँपालिका–३ दैलेखका १९ वर्षीय जितेन्द्र शाही ३ फिट ३ इन्च लामो चितुवाको छालासहित पक्राउ परेको प्रहरीले जनाएको छ । वन्यजन्तुको छालाको खरिदविक्री भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला […]