तीजको अघिल्लो दिन बुधवार महिलहरु दर खाँदै

सदरलाइन संवाददाता २३ भाद्र २०७८, बुधबार १५:३८
 

नेपालगञ्ज : तीजको अघिल्लो दिन बुधवार महिलाहरूले दर खाँदैछन् । यसरी खाने दरिलो वा आडिलो भोजनलाई दर भन्ने चलन छ । भोलिपल्ट ब्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन मिठो परिकार खाने दिनलाई ‘दर खाने’ दिन भनिन्छ ।

तर, दरका नाममा शरीरले थेग्नै नसक्ने गरी खानेकुरा नखान चिकित्सकहरुले सुझाव दिएका छन् । आफ्नो शरीरले जति पचाउन सक्छ त्यतिमात्र खानुपर्ने भेरी अस्पतालका फिजिसियन डा रजनी केसी शाहको सुझाव छ ।

धेरै महिलाहरू तीजमा निराहार ब्रत बस्छन् । यसरी ब्रत बस्नुभन्दा पहिला दुग्ध पदार्थहरू जस्तैः दूध, दही, घ्यू जस्ता खानेकुरा खानुपर्ने उनको सुझाव छ । यस्ता परिकारले शरीरलाई लामो समयसम्म शक्ति दिन्छ ।

त्यस्तै, आफ्नो रोजाइअनुसारको फलफूल र अन्नबाट बनेका विभिन्न परिकार पनि बनाएर खान सकिने उनको भनाइ छ । दरको रूपमा बजारिया मिठाइ र खानेकुराहरू पनि खाने चलन छ ।

मुखको स्वादको लागि खाने यस्ता मिठाइ र खानपानले शरीरलाई फाइदा नगर्ने उहाँको भनाइ छ । दर भन्ने बित्तिकै धेरैको दिमागमा माछामासु आउँछ । तर, माछामासुजन्य परिकार धेरै खाँदा स्वास्थ्यमा समस्या देखिने भएकाले कति मात्रामा खाने विचार पुर्याउनुपर्ने उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदै, बाँके अझै निरक्षर

२३ भाद्र २०७८, बुधबार १५:३८
नेपालगञ्ज : आज बुधवार ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदैछ । ‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ दिवस मनाईंदै गर्दा बाँके जिल्ला भने साक्षर हुन सकेको छैन् । नेपालका ५४ जिल्ला साक्षर भइसक्दा समेत बाँके जिल्ला साक्षर हुन नसकेको हो । बाँकेका चारवटा पालिका […]