बाँकेमा ३८ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १४ असार २०७८, सोमबार १६:४१
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १९० नमुना परीक्षण गर्दा ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १४९ नमुना परीक्षण गर्दा ३१, मेडिकल कलेजमा २८ नमुना परीक्षण गर्दा ४ र बागेश्वरी प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा ३ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।


तीमध्ये बाँकेका ९ जना छन् । ८३ हजार ९ सय २४ नमुना परीक्षण भएको छ । त्यसमा १७ हजार ४ सय ३५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् ।

अहिलेसम्म १७ हजार ८४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिलो २४ घण्टामा थप तीनजनाको मृत्यु भएको छ । ती सबै बाहिरी जिल्लाका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेस्रो भेरिन्टको तयारीको लागि प्लानद्वारा ४० लाखबढीको स्वास्थ्य सामाग्री

१४ असार २०७८, सोमबार १६:४१
नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले कोरोनाको संभावित तेस्रो लहर नियन्त्रणका लागि जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेलाई ४० लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । क्लबले जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेलाई कोरोनाको संभावित तेस्रो लहर दोस्रो भन्दा पनि बढी भयावह हुने आशंका गरिएकोले सो नियन्त्रणका […]