बालिका शिक्षाका लागि लैंङ्गिक तथा जलवायु परिवर्तनसम्बन्धी तालिम शुरु

सदरलाइन संवाददाता १८ आश्विन २०८१, शुक्रबार १९:२६
 

नेपालगञ्ज : रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजना बाँकेमा बालिका शिक्षा कार्यक्रमका लागि लैंङ्गिक तथा जलवायु परिवर्तनसम्बन्धी तालिम शुरु भएको छ ।

सो तालिममा कार्यक्रम संचालित तीन वटा स्थानीय तहकाका १२ विद्यालयका फोकल शिक्षक, शिक्षक, सामाजिक परिचालकहरु तथा खजुरा गाउँपालिका शिक्षा शाखाको टिमको लागि ४ दिने तालिम शुरु भएको हो ।

तालिमको उद्घटन सत्र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकको प्रमुख आतिथ्यतामा भएको सो चार दिने तालिम लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धी रहेको छ ।

अध्यक्ष बिकले बालिका शिक्षा कार्यक्रम एक प्रभावकारी कार्यक्रम रहेको बताउदै कार्यक्रमले बालिकाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याएको दाबी गर्दै खजुरा गाउपालिकाले निरन्तरता दिने प्रतिबद्धता गरे ।

अभिभावको समेत धारणा सकारात्मक भएको पाईएकाले गाउँपालिकाका १६ वटै माबिमा सञ्चालन गर्न प्रयास गर्ने उनको भनाई थियो । कार्यक्रम सञ्चालित पालिकाहरुलाई जलवायु मैत्री पालिकाको रुपमा अगाडी बढाउने गरी कार्य गर्नुपर्ने उनको जोड थियो ।


उद्घाटन सत्रमा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै रुम टु रिड बालिका शिक्षा कार्यक्रमका सिनियर अधिकृत सुष्मा राईले कार्यक्रमलाई पालिकाहरुले आगामी शैक्षिक सत्रबाट कक्षा ७ मा शिक्षकमार्फत संचालन गर्ने योजना र निर्णय गरिए अनुरुप पूर्व तयारी लागि तालिमको आयोजना गरिएको बताईन ।

उनले चार दिनको तालिममा लैंङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) का बिषयबस्तुका बिषयमा बिस्तृत प्रशिक्षण हुने जानकारी दिईन ।बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सञ्चालन गरेको उद्घाटन सत्रमा स्वागत बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

तालिमको उद्घाटनमा खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवँर, एडमिन एण्ड फाईनान्स सहायक शिबराज आचार्य, कार्यक्रम अधिकृत निरोज कोइराला, बासका केन्द्रीय सचिब दिला शाह, कोषाध्यक्ष कल्पना अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

उक्त चार दिने तालिमको सहजीकरण सामाजिक परिचालकहरुको सहयोगमा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत सुष्मा राई र कार्यक्रम अधिकृत निरोज कोइरालाले गर्नेछन् ।

तालिममा खजुरा, बैजनाथ र कोहलपुरका फोकल शिक्षक, शिक्षक र सामाजिक परिचालक तथा खजुरा गाउँपालिका शिक्षा शाखाको प्रमुख तथा प्रास गरि २९ जनाको सहभागिता रहको छ । तालिम शुक्रबारबाट सञ्चालन भई सोमबार समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व प्रहरी संगठनको दशै मिलन तथा शुभकामना कार्यक्रम

१८ आश्विन २०८१, शुक्रबार १९:२६
नेपालगञ्ज : सेवा निबृत्त प्रहरीहरुले वाहालबाला प्रहरी सहर नै अझै पनि आफुहरु देशको सेवा गर्न सक्षम रहेको बताएका छन् । नेपाल पूर्व प्रहरी संगठन बाँकेले विजया दशमीलगायतका विभिन्न पर्वहरुको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन । लामो समय नेपाल प्रहरी जागीरे जीवन विताएको […]