डुडुवा (बाँके) : अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन् ।
केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुनेभएपछि आइतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द भएका हुन् ।
गाउँपालिका अन्र्तगतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । शाखा प्रमुख कर्णले एक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाए ।
यसविचमा सामुदायिक विद्यालयहरुमा सञ्चालित परीक्षाहरुमध्ये बाँकी रहेका विषयहरुको परिक्षा विद्यालय खुलेपछि पुर्ववत अनुसार सञ्चालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।