कैदीबन्दीलाई खेल सामग्री सहयोग

५ फाल्गुन २०७६, सोमबार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले कारागारमा रहेका कैदीबन्दीका लागि खेलकुदका सामग्री सहयोग गरेको छ । नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले सोमवार कारागार कार्यालय नेपालगञ्जमा कैदीबन्दीहरुलाई जिम र ब्याडमिन्टन सेट हस्तान्तरण गरे ।
कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गर्दै खेल सामग्री हस्तान्तरण गरिएको मेयर राणाले बताए । कैदीबन्दीले गरेको आग्रहमा उपमहानगरपालिकाले करीब एकलाख मुल्य बराबरको खेल सामग्री सहयोग गरेको हो ।
मेयर राणाले महिला कैदीबन्दीसँग भेटेर उनीहरुका लागि आवश्यक खेल सामग्री समेत सहयोग गर्ने आश्वासन दिए । सो अवसरमा नेपालगञ्ज कारागारका प्रमुख देवेन्द्र श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापालगायतको उपस्थिती रहेको थियो ।

Next Post

अछाममा एक कैदी मृत भेटिए

५ फाल्गुन २०७६, सोमबार १८:४९
सदरलाइनडटकम, अछाम : जिल्ला कारागार अछाममा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् । मंगलवार बिहान ढिलोसम्म उनी नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब […]