बाँकेका प्रयोगशालामा दश जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ६ असार २०७८, आईतवार १७:०१
 

नेपालगञ्ज : बाँकेका तीनवटा प्रयोगशालामा पछिल्ला २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ९१ नमुना परीक्षण गर्दा १० जना संक्रमित थपिएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा ३७ नमुना परीक्षण गर्दा ६ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा २४ नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।


थपिएका संक्रमित मध्य बाँकेका १ जना पुरुष मात्र छन् । हालसम्म बाँकेमा ८२ हजार ८४२ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । आज जिल्लामा कोरोना भाइरस संक्रमण मुक्त भएर १० जना डिस्चार्ज भएका छन् ।

५ जना पुरुष र ५ जना महिला संक्रमणबाट निको भएका हुन् । संक्रमणकै कारण बाँकेमा गएको २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै उपचारका लागि जिल्ला बाहिरबाट आएका बिरामी रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरद्वारा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत

६ असार २०७८, आईतवार १७:०१
नरैनापुर (बाँके)  : बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम आईतबार गाँउसभामा प्रस्तुत गरेको छ । नरैनापुर गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाँउसभामा प्रस्तुत गरेका हुन् । गाउँपालिका अध्यक्ष शाहद्वारा प्रस्तुत गरिएको सो नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ र कृर्षि क्षेत्रमा महत्वपुर्ण […]