मंगलवारदेखि बाँकेमा जनता कर्फ्यु लगाइने

१० चैत्र २०७६, सोमबार १८:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा मंगलवारदेखि जनता कर्फ्यु लगाइने भएको छ । आइतवारदेखि पूर्णरुपमा बन्द गरिएपनि स्थानीयले अटेरी गरेपछि जनता कर्फ्यु लगाइने भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सोमवार पत्रकार सम्मेलनमार्फत कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले मानिसको चहलपहललाई न्युन गर्न मंगलवारदेखि जनता कर्फ्यु लाग्ने बताए ।
उनले यसक्रममा सबैलाई आ–अफ्नो घरमा बस्न अनुरोधसमेत गरे । विश्वव्यापीरुपमा कोरोनाको संक्रमण फैलदै गएपछि सतर्कता अपनाउन यस्तो गर्न लागिएको जनाइएको छ ।

Next Post

नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्न पूर्वमन्त्री राईद्वारा पहल

१० चैत्र २०७६, सोमबार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज  : देशको संघिय राजधानी काठमाण्डौमा कोरोना भाइरसका एक जना बिरामी भेटिएपछि नेपालगञ्जमा सो भाइरस विरुद्धको अभियानलाई झन तिव्र पारिएको छ । सो क्रममा पूर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले कोरोना भारइरस भित्रिन नदिन नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान सोमवारबाट शुरु गरेका छन् […]