बर्दिया : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बर्दियामा मदिरा निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार, निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २७ गते राती १२ बजेदेखि बैशाख ३० गते निर्वाचन सम्पन्न नभएसम्म मदिरा पूर्णरुपमा निषेध गरिएको हो ।
निर्वाचनलाई स्वाच्छ, स्वतान्त्र, निश्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि मदिरमा पुर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
यद्यपी यस सुचना विपरितको कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुनेसमेत प्रशासनले जनाएको छ ।