नरैनापुरद्वारा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत

सदरलाइन संवाददाता ६ असार २०७८, आईतवार २०:००
 


नरैनापुर (बाँके)  : बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम आईतबार गाँउसभामा प्रस्तुत गरेको छ । नरैनापुर गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाँउसभामा प्रस्तुत गरेका हुन् ।

गाउँपालिका अध्यक्ष शाहद्वारा प्रस्तुत गरिएको सो नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ र कृर्षि क्षेत्रमा महत्वपुर्ण तथा महत्वाकांक्षी योजनाहरु समेटिएका छन् ।


पालिकामा दक्ष प्राविधिक उत्पादन गर्ने उदेश्यले डाक्टर, इन्जिनियर र बिज्ञान बिषय पढ्न चाहानेलाई निशुल्क शिक्षा, कृषक पेन्सन योजना अन्तरगत १ हजार जना कृषकलाई मासिक ५ सयका दरले पेन्सन बितरण, ‘म किसान नरैनापुरको सान’ स्लोगन अन्तर्गत विभिन्न कार्यक्रम चलाइने, ‘खोजी खोजी बनाऔ साक्षर’ अभियान र विद्यालय भर्ना अभियानलाई जोड दिनुका साथै बृहत गाउँ शिक्षा कार्ययोजना निर्माण गरि कार्यान्वयन गरिने छ ।

यस्तै ‘बर्फानी बाबा राम्रो ठाउँ नरैनापुर घुम्न जाउ’ अभियान संचालन, १० फलफुलका बोट रोप्ने परिवारलाई फलफूलका बिरुवा स्याहार भत्ता स्वरुप मासिक ५ सय बितरण, आफ्नो गाउँ आफै बनाउन कार्यक्रम सञ्चालन, ‘वान पिरिएड फर नरैनापुर’ क्याम्पेन प्रोग्राम चलाइने, बृहत गाउँ शिक्षा कार्ययोजना निर्माण गरि कार्यान्वयन गरिने र खोप खरिद गर्न संघीय सरकार र प्रदेश सरकारसङ्ग अनुमति मागिने लगायतका कार्यक्रम प्रस्तुत गरिएको गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु

६ असार २०७८, आईतवार २०:००
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँसगढी ८ बर्दियाका ५० वर्षीय पुरुष र गुर्भाकोट १४ सुर्खेतका ७२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत […]

सम्बन्धित