नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित आइसीटी ल्याब (लन परियोजना) अन्तरगत बाँके–बर्दियाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका ७ वटा विद्यालयमा प्रबिधि मैत्री कक्षा शिक्षण सिकाई कृयाकलाप संचालनका लागि सामाग्री हस्तान्त्रण गरिएको छ ।
गुणस्तिरिय शिक्षा प्रदानका लागि परियोजना विद्यालयमा आइसिटिका सामाग्रीहरु हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।
परियोजना सञ्चालन भएको बाँकेको खजुरा गाउँपालिका, बर्दियाको राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबावा नगरपालिकाका सामुदायिक विद्यालयमा प्रबिधि मैत्री शिक्षण सिकाईको लागि ल्यावका सामाग्री हस्तान्त्रण गरिएको हो ।
सामाग्री हस्तान्त्रण समारोहमा शिक्षा शाखा प्रमुख, विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावब संघका पदाधिकारीहरु, विद्यालयका प्राधानाध्यपक लगायतको सहभागीता रहेको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।
स्याकका अध्यक्ष शिवलाल पाण्डेले विद्यालयको चौतर्फी बिकासका लागि प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले बिगत वर्ष देखि कार्यक्रम मार्फत गुणस्तरिय शिक्षाको क्षेत्रमा अतुलनिय सहयोग गदै आइरहेको र पुन विद्यालयमा बालमैत्री तथा प्रबिधि मैत्री सिकाइका लागि आइसिटीका सामाग्री सहयोगले सिकाइमा टेवा पुग्ने अपेक्षाका गरिएको बताए ।
उनले सस्थाले दिएको सामाग्री सबै बालबालिकाहरुको पहुच पुग्नुका साथै गुणस्तिरिय शिक्षा प्रदान हुने अपेक्षाका साथ सामाग्रीको सुरक्षा ब्यबस्थापनमा विद्यालयले बिषेश ध्यान दिने छ भन्ने अपेक्षा गरिएको बताए ।
७ वटा विद्यालयमा आइसीटी ल्याबका लागि प्रति विद्यालय ४६ सेट डेस्कटप कम्युटर, ७ थान ल्यापटप, ७ थान प्रोजेक्टर, ५ थान कम्युटर टेवल, ३५ थान कम्युटर कुर्ची, २१ थान एलीडी टिभि, ब्यट्टी र इन्भटर ७ सेट, पेन डाइप १५ थान मल्टी पलग ३५ सेट गरी कुल ४० लाख वराबरको आइसिटि सामाग्री हस्तान्तरण गरिने योजना रहेको परियोजना अधिकृत शर्माले जानकारी दिए ।