सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा पुष २५ गतेदेखि अमर माबि गौतमवस्ती सि गाउँमा अन्तर बिद्यालय दोश्रो मेयर रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई ब्यवस्थित र भब्य बनाउन तयारीका बिभिन्न चरण शुरु गरिएको छ ।
तयारीकै क्रममा बिहीवार शिक्षा समितिको आयोजनामा भएको बैठकले बिभिन्न ५ वटा निर्णय गरेको छ । अमर माबिमा हुने रनिङ सिल्डलाई सफलतापूर्वक सम्पन्न गर्न सचिवालय, उपसमिति गठन गर्न प्रधानाध्यापक बैठकलाई जिम्मेवारी दिईएको छ ।
बजेट सम्बन्धमा शिक्षासंग सम्बन्धित २ करोड ५२ लाख ६५ हजार बजेट शिर्षक अनुसार अनुमोदन गर्न कार्यपालिकामा पेश गर्ने, खेललाई ब्यवस्थित गर्न खेल शिक्षकलाई तालिम दिईने र रनिङ सिल्डका लागि पेश्की माग गर्ने निर्णय गरिएको छ । बैठकको शुरुमा सञ्चालन ब्यवस्थापनको जिम्मवारी पाएको अमर माबि ब्यवस्थापन समितिका अध्यक्ष डम्बर बिक तुफानले हालसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतीले दोश्रो मेयर रनिङ सिल्ड प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न खजुरा क्षेत्रका सम्बद्धले आआफ्नो जिम्मेवारी र भूमिका निर्वाह गर्न आब्हान गरे । बैठकमा राजनीतिक सल्लाहकार भीम ओलीले स्थानीय सरकारको कार्यक्रमलाई सरोकारवालाले अक्षरस पालना गरि सफल बनाउनु पर्ने बताए ।