भाषणमा सीमित राउटे संरक्षण नीति

सदरलाइन संवाददाता १० माघ २०८०, बुधबार १४:२९
 

सुर्खेत : लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउने घोषणा गरेको दुई वर्ष बित्दा पनि त्यसको कुनै प्रक्रिया अघि बढेको छैन ।

तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ साल असार ७ गते सरोकारवाला र विज्ञसँग छलफल गरी राउटे संरक्षणका लागि तत्कालै नीति बनाइने बताएका थिए । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लिइएको थियो । तथापि उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।


गैरराउटे समुदायबाट राउटेमाथि सुरक्षा खतरा बढेका समाचार सार्वजनिक भएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति बनाइने सरकारले जनाएको थियो । नीतिको मस्यादौसमेत बनिसकेको अवस्थामा अन्य प्रक्रिया अघि बढेका छैनन् । मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले डेढ वर्षपहिले निर्माण भएको राउटे संरक्षण नीतिको मस्यौदा मन्त्रालयमै थन्किएको बताए । मस्यौदामाथि विभिन्न समयमा छलफल भइरहे पनि अहिलेसम्म नीति बन्न सकेको छैन ।

राउटेलाई स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दै संस्कृति संरक्षण गर्नेलगायतका विषय नीतिको मस्यौदामा समेटिएका छन् । फिरन्ते जीवन बिताइरहेका राउटेलाई स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्ने योजनासहितको नीतिको मस्यौदा अन्तिम रूप नदिएर दुई वर्षदेखि थन्क्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा सहभागिताका लागि कार्यशाला सम्पन्न

१० माघ २०८०, बुधबार १४:२९
नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवनमा आयोजना गरिएको स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो । मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाट […]

सम्बन्धित