एकल महिला संजालद्धारा राहत वितरण

सदरलाइन संवाददाता ५ असार २०७८, शनिबार १३:२३
 

नेपालगञ्ज : पति गुमाएर समस्यामा रहेका एकल महिलालाई द्वन्द्व पीडित तथा एकल महिला संजाल, बाँकेले राहत सामग्री वितरण गरेको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन साह्रै समस्या भएका एकल महिलालाई अमेरिकामा बस्दै आएका नेपालीले पठाएको रुपैँयाबाट खाद्यन्न खरिद गरि खाद्यन्न वितरण गरिएको द्वन्द्व पीडित तथा एकल महिला संजालकी अध्यक्ष जयन्ती केसीले जानकारी दिइन् ।

उनले ६० हजार मूल्य बराबरको खाद्यन्न नेपालगन्जका १५ र राप्तीसोनारीका पाँच जना गरि २० जना एकल महिलालाई २५–२५ किलो चामल, दाल, नुन र खाने तेल प्रदान गरिएको उनले बताइन् । नेपालगन्जका एकल महिलालाई शुक्रवार वितरण गरिएको बताउँदै उनले राप्तीसोनारी गाउँपालिकाका एकल महिलालाई केहिदिन भित्र वितरण गरिने जानकारी दिइन् ।

राहत वितरण कार्यक्रममा मानव अधिकारका लागि महिला, एकल महिला संजालकी केन्द्रिय उपाध्यक्ष शोभा विसीले कोरोनाका कारण जारी लकडाउनका कारण दैनिक जिविका चलाउन समस्या भएका एकल महिलालाई छनोट गरि राहत प्रदान गरिएको बताइन् । ‘एक महिला मध्ये साँझ विहानको छाक टार्न मुस्किल भएका महिला छनोट गरि राहत सामग्री वितरण गरिएको छ,’ उनले भनिन् ।


नेपाल प्रहरीका पूर्व डिआइजी धीरु बस्न्यातकी छोरी श्रीरुधी बस्नेतको पहलमा ‘वान स्माल भिलेज कोभिड रिलिफ कमिटी’ ले उक्त खाद्य सामग्री द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेलाई दिएको हो ।

अमेरिकामा बस्ने नेपालीले पठाएको रकमबाट खरिद गरिएको खाद्यन्न बाँकेका एक प्रहरी अधिकारीले द्वन्द्व पीडित तथा एकल महिला संजाल, बाँकेलाई हस्तान्तरण गरेको संजालका अध्यक्ष केसीले बताइन् ।

राहत वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ का वडा सदस्य रमेश तिमिल्सिना, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० की वडा सदस्य बसन्ता जोशी, संजालकी उपाध्यक्ष बिन्दा खरेल, सचिव विजया रोकाय लगायतले राहत वितरण गरेको अध्यक्ष केसीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार बाँकेमा सोह्र जनामा कोरोना पुष्टि

५ असार २०७८, शनिबार १३:२३
नेपालगञ्ज : बाँकेका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको छ । शनिवार १ सय २ जनाको परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालमा ५९ जनामा ५ जना, कोहलपुर मेडिकल कलेजमा २५ जनामा १० जना र बागेश्वरी ल्याबमा १८ जनाको परीक्षण गर्दा १ जनामा […]