सदरलाइनडटकम,
नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर ३० गण बाँकेले सालको अबैध गोलियासहित ट्रयाक्टर नियन्त्रणमा लिई डिभिजन बन कार्यालय बाँकेमा बुझाएको छ ।
शुक्रावार राती २ बजे भारतबाट अबैध सालको गोलिया काठ नेपाल ल्याउँदै गर्दा डुडुवा गाउँपालिका वडा नं. ६ महन्तपुर्वाबाट ६ थान सालको गोलियाका साथै खजुरा गाउँपालिका ४ का ट्रयाक्टर चालक सियाराम लोनियासहित ट्रयाक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक अम्बर बहादुर थारुको नेतृत्वमा शुक्रवार राती गएको गस्ती टोलीले भे १ त ५९८३ नम्बरको ट्रयाक्टर काठसहित नियन्त्रणमा लिएको हो ।
आवश्यक कारबाहीका लागि गोलियासहित ट्रयाक्टर डिभिजन बन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर बाँके, नं.३० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए ।
