एकताबद्ध भएर लाग्न बाँके एमालेको अपिल

सदरलाइन संवाददाता ३ भाद्र २०७८, बिहीबार १५:४९
 

नेपालगञ्ज : नेकपा एमाले बाँकेले पार्टीमा एकताबद्ध भएर लाग्न अपिल गरेको छ । जिल्ला अध्यक्ष सूर्य ढकालले हस्ताक्षर गरेको जारी अपिलमा नेकपा एमालेको लोकप्रियतामाथि चौतर्फी प्रहार भइरहेको बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले दल विभाजन गर्ने कार्य घृणित र निन्दनीय काम गरेको उल्लेख गरिएको छ ।

नेकपा एमालेको आन्तरीक जीवनमा मात्र नभइ नेपालको समग्र कम्युनिस्ट आन्दोल समाप्त पार्ने कार्य प्रति चिन्तत तुल्याएको बताइएको छ। तर नेकपा एमाले समाप्त नहुने र पार्टीलाई जीवन्त बनाउन साथीहरूलाई पार्टी विभाजनमा नलाग्न र मूल धारमा नै संगठित हुन अनुरोध गरेका छन् ।

पार्टीमा सबैलाई काम र योग्यताअनुसार कुनै पक्षपात नगरि उचित जिम्मेवारी दिने कुरामा आफू प्रतिवद्ध रहेको अध्यक्ष ढकालले अपिलमा उल्लेख गरेको छन् ।


यसैगरी, नेकपा एमाले पार्टीको मूलधारमा र एकतावद्ध रहन बैजनाथ गाउँपालिका नेकपा एमाले गाउँ कमिटीले अपिल गरेको छ ।

कमिटीले जारी अपिलमा पार्टीको विचार जनताको बहुदलिय जनवाद र सूर्य चुनाव चिह्नमा एकतावद्व रहन आम नेता कार्यकताहरूलाई अपिल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल चोरीको आरोपमा ३ जना पक्राउ

३ भाद्र २०७८, बिहीबार १५:४९
नेपालगञ्ज : बाँकेको कोहलपुरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ का १८ वर्षीय अनुप चन्द, २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिकलाई बिहीवार विहान पौने तीन बजेतिर पक्राउ गरिएको कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिए । कोहलपुर नगरपालिका–११ स्थित बसपार्कको […]