अज्ञात समुहद्धारा चार वटा गाडीमा तोडफोड

सदरलाइन संवाददाता २९ जेष्ठ २०७८, शनिबार १०:५८
 

दाङ : अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरी राखेका चार वटा गाडीमा तोडफोड गरेको छ । देउखुरी लमहीका विभिन्न ठाउँमा पार्किङ गरेका गाडीमा इँटा र ढुङ्गा प्रहार गर्दा क्षति भएको प्रहरीले जनाएको छ ।

रा १ ख १७५९ नम्बरको ट्रक, लु १ ख ९१४९ नम्बरको बस, भे १ च २८१२ नम्बरको जीप र नम्बर नखुलेको डिलक्स बसमा तोडफोड भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।


तोडफोडमा संलग्नहरुको खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकल महिलाका लागि ‘वान स्माल भिलेज कोभिड रिलिफ कमिटी’ खाद्यान्न सहयोग

२९ जेष्ठ २०७८, शनिबार १०:५८
नेपालगञ्ज : कोरोना कहरको कारण आव्हान गरिएको निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउन समस्या भएका एकल महिलाका लागि अमेरिकामा बस्दै आएका नेपालीले ६० हजार मूल्य बराबरको खाद्यन्न सहयोग गरेका छन् । बाँकेमा निषेधाज्ञाका कारण जिविका चलाउन समस्या भएका एकल महिलालाई राहत प्रदान गर्न काठमाण्डौकी समाजसेवी श्रीरुधी बस्न्यातको पहलमा ‘वान स्माल भिलेज […]