ब्राउनसुगरसहित एक जना पक्राउ

सदरलाइन संवाददाता ३ फाल्गुन २०८०, बिहीबार १७:३१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ बस्ने २८ वर्षीय गणेश चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


ईलाका प्रहरी कार्यालय जमुनाहा बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला टि–ट्वान्टीको उपाधि सुदूरपश्चिमको पोल्टामा

३ फाल्गुन २०८०, बिहीबार १७:३१
नेपालगञ्ज : सुशील कोइराला मेमोरियल अन्डर–१९ राष्ट्रिय महिला टि–ट्वान्टी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर–११ लाई २ विकेटले पराजित गर्यो । कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर–११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा […]