एकल महिलाका लागि ‘वान स्माल भिलेज कोभिड रिलिफ कमिटी’ खाद्यान्न सहयोग

सदरलाइन संवाददाता २९ जेष्ठ २०७८, शनिबार ११:४७
 


नेपालगञ्ज : कोरोना कहरको कारण आव्हान गरिएको निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउन समस्या भएका एकल महिलाका लागि अमेरिकामा बस्दै आएका नेपालीले ६० हजार मूल्य बराबरको खाद्यन्न सहयोग गरेका छन् ।

बाँकेमा निषेधाज्ञाका कारण जिविका चलाउन समस्या भएका एकल महिलालाई राहत प्रदान गर्न काठमाण्डौकी समाजसेवी श्रीरुधी बस्न्यातको पहलमा ‘वान स्माल भिलेज कोभिड रिलिफ कमिटी’ ले सो खाद्य सामाग्री द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेलाई उपलब्ध गराएको हो ।

समाजसेवी बस्न्यातको पहलमा नेपालमा सञ्चालनमा रहेको ‘वान स्माल भिलेज कोभिड रिलिफ कमिटी’ले कोरोनाको कारण बिपदमा परेकालाई सहयोग गर्ने उद्देश्यले अमेरिकामा बस्ने नेपालीले संकलन गरी पठाएको रकमबाट खरिद गरिएको खाद्यन्न द्वन्द्व पीडित तथा एकल महिला संजाल, बाँकेलाई हस्तान्तरण गरेको संजालका अध्यक्ष जयन्ती केसीले बताइन् ।


उनले प्राप्त खाद्यन्न कोरोना कहरका कारण समस्यामा परेका एकल महिलालाई प्रदान गरिने बताइन् । बस्न्यातको पहलमा प्राप्त खाद्यन्नमा चामल, दाल, तेल, अण्डा र आलु रहेको मानव अधिकारका लागि महिला, एकल महिला संजालका केन्द्रीय उपाध्यक्ष एवम् द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष शोभा विसीले जानकारी दिइन् ।

संजालले भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीलाई तातो अण्डा खुवाउँदै आएको छ । दैनिक दुई सय ५० अण्डा उपचाररत संक्रमितलाई प्रदान गर्दै आएको छ । पछिल्लो समय अस्पतालमा संक्रमितको संख्या कम भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अण्डा दिने गरिएको छ ।

कोरोना संक्रमणबाट जोगिन आव्हान गरिएको निषेधाज्ञाले अन्य समुदायभन्दा एकल महिला बढि समस्यामा परेको देखेपछि राहतका लागि पहल गरेको समाजसेवी बस्न्यातले बताइन् । नेपाल प्रहरीका पूर्व एआइजी धीरु बस्न्यातकी छोरी हुन । फोटो : गोचालीखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु

२९ जेष्ठ २०७८, शनिबार ११:४७
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत टिकापुर ८ कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । योसंगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३२ जना […]