कोरोनाबाट बाँकेमा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २६ जेष्ठ २०७८, बुधबार ११:२५
 

नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप ३ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा २ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके, बर्दिया र प्युठानका १÷१ जना छन् ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत कोहलपुर ६ बाँकेकी ४० वर्षीया महिला र राजापुर ७ बर्दियाकी ८० वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत प्युठान नगरपालिका ६ प्युठानका ७२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३०४ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय २४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संकटको बेलामा प्लानको सहयोगमा बाँके युनेस्कोद्वारा खाद्यान्न बितरण

२६ जेष्ठ २०७८, बुधबार ११:२५
नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा ‘समुदायका लागि खाद्यान्न सहयोग कार्यक्रम’ अन्तर्गत कोरोना संक्रमणको कारणले गर्दा अत्याधिक आर्थिक संकटमा परेर जिविका चलाउन समस्यामा परेका नेपालगञ्ज उपमहानगरपालिका भित्रका ३ सय ६५ विपन्न परिवारलाई खाद्यान्न राहात वितरण गरेको छ । नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्सेर राणाले सो […]