प्रदेश ५ मा ७५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

२३ चैत्र २०७६, आईतवार १४:४७
 

सदरलाइनडटकम,
बुटवल : विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिरहँदा प्रदेश ५ का लागि सुखद खबर सार्वजनिक भएको छ । कोरोना भाइरसको आशंकामा स्वाब परीक्षण गरिएका प्रदेश ५ का सम्पूर्ण रिपोर्ट नेगेटिभए आएका हुन् ।
सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ मा परिक्षण गरिएकामध्ये ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चौध जनाको रिर्पोट आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कोरोना आशंका गरिएका १ सय ३० जनामध्ये १८ जनाको उपचार आइसोलेसनमा भइरहेको छ । प्रदेशभित्र रहेका ३ सय ७ वटा क्वरेण्टीनमा २ हजार ३ सय ८० जनालाई राखिएको छ ।

Next Post

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, ७७ जनाको मृत्यु

२३ चैत्र २०७६, आईतवार १४:४७
सदरलाइनडटकम, काठमाण्डौ : भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमितको नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन हजार तीन सय ७४ पुगेको छ भने अहिलेसम्म ७७ […]

सम्बन्धित